Market Closed

मेगा बैंकलाई प्रगतिमा पर्यो सकस, खुद नाफा ३.२३% घट्नुमा खास के छ कारण ?

29 Apr,2018
  • mega___12_29_2_4_1_4_29_2018_11_19_58.jpg
नेपाली पैसा
 
काठमाडौं : मेगा बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३.२३% ले घटेर ५२ करोड ४९ लाख ४ हजार रुपैयाँमा ओर्लिएको छ । गत वर्ष यही अवधिमा खुद नाफा ५४ करोड २४ लाख २१ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानीमा १३.२७% सुधार भए पनि सञ्चालन नाफा १४.७७% ले घटेको छ । सञ्चालन नाफा ओरालो लाग्दा खुद नाफा पनि प्रभावित भएको हो । 
 
यस त्रैमाससम्म खुद ब्याज आम्दानी १ अर्ब ३० करोड ९ लाख ५१ हजार रुपैयाँ र सञ्चालन नाफा ६८ करोड ४२ लाख ८९ हजार रुपैयाँ रहेको छ । यता, सम्भावित जोखिममा मेगाले ३५ करोड ८९ लाख ३७ हजार रुपैयाँ छुट्याउँदा राइट ब्याक रकम १० करोड ५९ लाख ६६ हजार रुपैयाँ छ । 
निक्षेप संकलन ११.८७% ले वृद्धि गरी ४३ अर्ब ६६ लाख ७ हजार रुपैयाँ पुर्याएको छ । कर्जा लगानी पनि १८.१८% ले विस्तार भएको छ । यो त्रैमाससम्म ४१ अर्ब २८ करोड ६६ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा ०.९८% र कस्ट अफ फन्ड ७.६४% छ । 
 
मेगाले चुक्ता पुँजी ६०.९८% वृद्धि गरी ७ अर्ब ३७ करोड ६७ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ । पुँजीको ९.४५% बोनस सेयर दिने घोषणा पनि गरिसकेको छ । बोनसपछि पुँजी ८ अर्ब ७ करोड ३८ लाख ४५ हजार रुपैयाँ पुग्नेछ । यसैगरी, टुरिजम डेभलपमेन्ट बैंकसँग मर्ज भएपछि मेगाको चुक्ता पुँजी झन् माथि जानेछ । 
 
रिजर्भ कोषमा अहिले १ अर्ब ८१ करोड २१ लाख ९० हजार रुपैयाँ जम्मा भएको छ । तेस्रो त्रैमाससम्म यस बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५७ पैसा कायम भएको छ ।
 

Post Your Comment