मेगा बैंकले वैशाख महिनाभित्रै थप ११ नयाँ शाखा खोल्दै, कहाँ–कहाँ थपिने भए शाखा ?

07 May,2018
  • mega___12_5_7_2018_4_38_03.jpg
नेपाली पैसा  
 
काठमाडौँ : मेगा बैंकले बैशाख महिनाभित्र थप ११ वटा नयाँ शाखा खोल्ने भएको छ । राष्ट्र बैंकको स्वीकृति लिएर मेगाले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो । बैंकले आइतबार पाँचथरको कुमायकमा र सोमबार सिन्धुपाल्चोकको इन्द्रावतीमा नयाँ शाखा खोलिसकेको छ । 
 
बर्दियाको गेरुवा गाउँपालिका, इलामको रोङ, उदयपुरको रौतमाई गाउँपालिका, धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नयाँ शाखा खोल्न लागिएको हो । यसैगरी, सिरहाको विष्णुपुर गाउँपालिका र गोरखाको भीमसेन गाउँपालिका, तनहुँको भानु नगरपालिका र स्याङजाको भीरकोट नगरपालिकामा पनि नयाँ शाखा खोलिने भएको छ । 
 
‘हामीले पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबारमा शाखा खोल्यौं, यही साता अन्य ९ ठाउँमा पनि शाखा विस्तार गर्नेछौँ,’ मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले भनिन्, ‘मेगाले शाखा विस्तार गर्न लागेको ठाउँमा अहिलेसम्म ‘क’ वर्गको अन्य बाणिज्य बैंक पुगेका छैनन् ।’
 
अब मेगा बैंकका ३ वटा एक्सटेन्सन काउन्टरसहित ४९ वटा शाखा पुग्नेछ । हाल ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।
 

Post Your Comment