Market Closed

मेगा र टुरिजमबीच आइतबारदेखि एकीकृत कारोबार, गभर्नर चिरञ्जीवी नेपालले गर्दैछन उद्घाटन

12 May,2018
  • mega_5_12_2018_7_40_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीच आइतबार (वैशाख ३० गते) देखि एकीकृत कारोबार सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोबारको उद्घाटन गर्ने कार्यक्रम तय गरिको छ । आइतबार बिहान १०ः३० बजे होटेल –र्याडिसन लाजिम्पाटमा एकीकृत कारोबार समुद्घाटन कार्यक्रम राखिएको छ । अब मेगा बैंकका नामबाट कारोबार सुरु हुनेछ । २ बैंक एक आपसमा मर्ज हुन लागेका हुन् ।

आइतबारदेखि मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । यसअघि नेपाल राष्ट्र बैंकले वैशाख ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख १२ गते एकीकृत कारोबार गर्न दुवै बैंकलाई अन्तिम स्वीकृति दिएका थिए। मर्जपछि टुरिजम डेभलपमेन्ट बैंकको सम्पूर्ण सम्पत्ति र दायित्व अब मेगा बैंकले सकार्नेछ ।

यसअघि सम्पन्न दुवै बैंकको साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंकको प्रतिसेयर १०० सेयर बराबर मेगाको ९५ कित्ता कायम हुने गरी सेयर स्वाप अनुपात कायम गरिसकेको छ । अब टुरिजमको १ कित्ता सेयर हुनेले मेगाको ०.९५ कित्ता सेयर पाउनेछन् । 
 
 टुरिजम बैंकका ग्राहकले आफूसँग रहेको चेक तथा एटिएम कार्ड मेगा बैंकको नाममा प्रतिस्थापन गर्नसक्नेछन् । तर, प्रतिस्थापन नगरेसम्म भने साविकको चेक स्वीकार गरिने मेगा बैंकले जनाएको छ ।
 
 
 

Post Your Comment