Market Closed

मेगा बैंकले खोल्यो ३ शाखा, कहाँ–कहाँ थपिए अब सेवा ?

16 May,2018
  • mega___12_5_7__5_16_2018_4_21_39.jpg
नेपाली पैसा
 
काठमाडौं : मेगा बैंकले तनहुँ, स्याङजा र धनुषामा नयाँ शाखा विस्तार गरेको छ । बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई घर दैलोमै अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले तनहुँको भानु नगरपालिका, स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको हो । स्याङजा र धनुषामा यसअघि नै मेगा बैंकका शाखा रहेको र तनहुँमा पहिलोपटक शाखा विस्तार गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
नेपाल राष्ट्र बैंकको नीति अनुसार मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तीव्रता दिएको जनाएको छ । एक सातामा मेगा बैंकका ८ वटा शाखाहरु थप भएका छन् । गत साता पाँचथरको कुमायक, सिन्धुपाल्चोकको इन्द्रावती, इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगा बैंकले नयाँ शाखा खोलेको छ ।
 
मेगा बैंकका देशभर ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् । 
 

Post Your Comment