Market Closed

मेगा बैंकको आयो जीवन साथी र स्वर्णिम बचत खाता योजना, कति पाइन्छ ब्याज ?

07 Jun,2018
  • mega___12_5_7__6_7_2018_6_02_24.jpg
नेपाली पैसा 
 
काठमाडौँ : मेगा बैंकले दुई वटा नयाँ बचत खाता योजना ल्याएको छ । बैंकले ‘मेगा जीवन साथी बचत खाता’ र ‘मेगा स्वर्णिम बचत खाता’ योजना अघि सारेको हो । बिहे गर्ने तयारीमा रहेका र विवाहिता जोडीलाई प्राथमिकता दिएर ल्याइएको यस ‘मेगा जीवन साथी बचत खाता’ योजनामा आकर्षक सुविधाहरु छन् । न्यूनतम ५ हजार रुपैँयामै खोल्न सकिने यस योजनामा त्रैमासिक रुपमा भुक्तानी हुने गरी बार्षिक ७ प्रतिशत ब्याज पाइनेछ । 
 
यस योजनामा ग्राहकहरुलाई चेकबुक, अनलाइन बैंकिङ, अकाउन्ट स्टेटमेन्ट, सी–आस्वा लगायतका सुविधा निःशुल्क प्रदान गरिनेछ । मेगा भिसा डेबिट र क्रेडिट कार्ड, मेगा स्मार्ट मोबाइल बैंकिङ लगायतका सुविधा समेत लिन पाइनेछ ।

यस योजनामा ग्राहकहरुलाई पाँच लाख रुपैँयासम्मको निःशुल्क दुर्घटना मृत्यु बिमा, ५० हजार रुपैँयासम्मको निःशुल्क स्वास्थ्य बिमा, सामान खरिदका लागि पाँच लाख रुपैँयासम्मको इएमआई सेवा दिइने मेगा बैंकले जनाएको छ । 
 
बिहेको खर्च तिर्न, बैंकबाट कर्जा लिन, लाइफ इन्सुरेन्सको प्रिमियम तिर्न, गरगहना, कपडा पसल, पार्टी प्यालेस र ट्राभल एजेन्सीहरुको सुविधा लिन विशेष छुट उपलब्ध हुनेछ । यस योजना अन्तरगत डाक्टर, पाइलट, इन्जिनियर, सरकारी कर्मचारी र म्यानेजर पदमा निजी कार्यालयमा कार्यरतहरुलाई प्रोफेसनल लोन समेत प्रदान गरिने मेगा बैंकले जानकारी दिएको छ । 
 
‘मेगा स्वर्णिम बचत खाता’ योजनामा पनि उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ । दैनिक ८ प्रतिशतका दरले ब्याज पाइने यो खाता पाँच हजार रुपैँयामै खोल्न सकिनेछ । यो योजनामा चेकबुक, मेगा स्मार्ट मोबाइल बैंकिङ  सेवा, अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट निःशुल्क पाइन्छ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ । 
 
यो खाता खोलेर त्रैमासिक रुपमा १० लाख रुपैँया बचत गर्ने ग्राहकलाई बैंकका कर्मचारीले घरदैलोमै पुगेर सुविधा प्रदान गर्नेछन् । उपत्यका र उपत्यका बाहिरका ग्राहकले यस योजना अन्तरगत प्राइभेट बैंकिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन् । 
 

Post Your Comment