Market Closed

मेगा बैंकको बोनस परिवर्तन, अब १०.७५% कति थियो पहिलाको प्रस्ताव ?

13 Jun,2018
  • mega___12_5_7__6_6_13_2018_11_28_24.jpg
नेपाली पैसा

काठमाडौं : मेगा बैंकको बोनस दर परिवर्तन भएको छ । मेगाले टुरिजम डेभलपमेन्ट बैंकले घोषणा गरेको बोनस सेयरलाई समेत समायोजन गरी अब १०.७५% बोनस दिने निर्णय गरेको छ । यसअघि मेगाले ७ अर्ब ३७ करोड ६७ लाख ४२ हजार ५२० रुपैयाँ पुँजीको ९.४५% बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यसैगरी, टुरिजमले भने १५% बोनस सेयर दिने घोषणा गरेको थियो । मेगा र टुरिजम एक भइसकेको अवस्थामा दुवै संस्थाले प्रस्ताव गरेको बोनसलाई एकीकृत (समायोजन) गरी १०.७५% बोनस दिन लागिएको हो । 
 
दुई बैंक मर्ज भएर एकीकृत कोरोबार समेत भइसकेकाले दुवैको प्रस्तावित बोनस जोडेर एकै पटक दिन लागिएको मेगा बैंकले जनाएको छ । यी दुई बैंक मर्ज भएपछि चुक्त पुँजी ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार ३७९ रुपैयाँ पुगेको छ । बैंकका अनुसार अब लगानीकर्ताले यो पुँजीको १०.७५% बोनस सेयर पाउनेछन् । 

 

Post Your Comment