Market Closed

मेगाको ७.८५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, ब्रोकरको काम प्राथमिकतामा

30 Dec,2018
  • Mega-bank-nepal-_8_14_2018_8_52_53.jpg
नेपाली पैसा 
 
काठमाडौं : मेगा बैंकको ७.८५% लाभांश सुरक्षित गर्ने आइतबार (पुस १५ गते) अन्तिम दिन हो । मेगाले साधारण सभा गर्न सोमबार (पुस १६ गते) देखि बुक क्लोज गर्दैछ । मेगा बैंकले पुस ३० गते साधारण सभा बोलाएको छ । बैंकले १% बोनस सेयर र ६.८५% नगद लाभांश दिन लागेको हो ।

सेयर ब्रोकरको काम गर्न अनुमति लिने प्रस्ताव पनि साधारण सभाको एजेन्डा हुने भएको छ । यसका लागि प्रबन्धपत्रका केही दफा थप गरी सम्बन्धित निकायको स्वीकृत लिएर बैंक आफैले वा सहायक कम्पनी मार्फत सेयर दलाल सम्बन्धी काम गर्ने विषयमा पनि छलफल हुनेछ । 
साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान ११ बजे सुरु हुनेछ । बोनसपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि हुनेछ । उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर वा प्राप्ति) विषयमा छलफल गर्नका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने प्रस्ताव पनि छ । 
 
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश गरिंदैछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
 
 हाल यस बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड ५५ लाख २६ हजार ५७८ रुपैयाँ छ । प्रस्तावित बोनसपछि चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ करोड २१ हजार ४५३ रुपैयाँ पुग्नेछ । 
 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मेगाले ४० करोड ४५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३० पैसा छ ।

Post Your Comment