Market Closed

मेगा बैंकका ग्राहकलाई सेवा दिन कस्टमर केयर अफिसर

01 Jan,2019
  • Customer_Care_Officer_1_1_2019_4_04_31.jpg
नेपाली पैसा
 
काठमाडौं : मेगा बैंकले सेवाग्राहीहरुको सहजताका लागि सेवा थप गरेको छ । मंगलबारदेखि राजधानीका आठ शाखामा ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थप गरिएको बैंकले जनाएको छ । उनीहरुलाई ग्राहकहरुको बैंकिङ आवश्यकतालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको बैंकले जनाएको छ । 
 
अंग्रेजी नयाँ बर्षको अवसरमा राजधानी भित्रका आठ वटा शाखाहरुमा यो अभियान सुरु गरिएको र आगामी दिनमा अन्य शाखामा थप्दै जाने बैंककी प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनुपमा खुञ्जेलीले बताइन् । ‘हामीले ग्राहकहरु बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले हामीले यो सुविधा सुरु गरेका हौं’ सीइओ खुञ्जेलीले भनिन् । 

Post Your Comment