Market Closed

मेगाको एजीएम पनि आज : ब्रोकरको काम प्राथमिकतामा, लाभांश वितरण प्रस्ताव

14 Jan,2019
  • Mega-bank-nepal-_8_14_2018_8_52_53.jpg
नेपाली पैसा 
 
काठमाडौं : मेगा बैंकको साधारण सभा राष्ट्रिय सभा गृहमा ११ बजे सुरु हुँदैछ । सभामा बैंकले सेयर ब्रोकरको काम गर्न अनुमति लिने प्रस्ताव पेश गर्दैछ । बैंकले १% बोनस सेयर र ६.८५% नगद लाभांश वितरण गर्ने एजेन्डा पनि राख्नेछ । सभा प्रयोजनको लागि मेगाले पुस १६ गते बुक क्लोज गरिसकेको छ । पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । 
 
बोनसपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर वा प्राप्ति) विषयमा छलफल गर्नका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने प्रस्ताव पनि छ । 
 
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश गरिंदैछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
 
हाल यस बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड ५५ लाख २६ हजार ५७८ रुपैयाँ छ । प्रस्तावित बोनसपछि चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ करोड २१ हजार ४५३ रुपैयाँ पुग्नेछ । 
 

Post Your Comment