Market Closed

मेगा बैंकको एकैपटक १८ ठाउँमा शाखा विस्तार, आइतबारदेखि सेवा सुरु

04 Feb,2019
  • Mega-Bank-New-Branch-3_2_4_2019_12_42_46.jpg
नेपाली पैसा
 
काठमाडौं : मेगा बैंकले एकैपटक १८ ठाउँमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । ग्रामीण भेगका नेपालीलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले एकैपटक ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा शाखा विस्तार गरेको बैंकले जनाएको छ । नयाँ शाखाहरु आइतबारबाटै सञ्चालनमा आएका छन् । बैंकका अनुसार तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोट नगरपालिकामा नयाँ शाखा सुरु भएका छन् । 
 
यसैगरी, शाखाविस्तार भएका १४ वटा गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा र प्युठानको ऐरावती रहेको बैंकले जनाएको छ ।
 
मेगाले देशभर शाखा संख्या १०२ वटा पुर्याएको छ । यस्तै, बैंकले १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएमको सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३ सय भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत सेवा दिँदै आएको जनाएको छ ।

Post Your Comment