Market Closed

मलेसियाबाट रेमिटेन्स भित्र्याउन मेगा बैंकले गर्यो सम्झौता

18 Apr,2019
  • Mega-Bank-Placid-Agreement_4_18_2019_1_28_31.jpg
नेपाली पैसा
 
काठमाडौँ : मेगा बैंक नेपाल र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिन्टेन्स कारोबार सम्बन्धी सम्झौता भएको छ । मलेसियाबाट छिटो, छरितो रुपमा नेपालमा रेमिटेन्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो । यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने मेगा बैंकको विश्वास छ । 
 
मलेसियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ । ‘मेगा रेमिट’ को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा यसअघि मेगा बैंकले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कुवेत, यूएई, भारत लगायतका देशमा रेमिटेन्स सेवा विस्तार गरिसकेको छ । 
 

Post Your Comment