Market Closed

मेगा बैंकले द्रुत गतिमा बढायो नाफा, प्रतिसेयर आम्दानी पनि आकर्षक सुधार

08 May,2019
  • Mega-bank-nepal-_8_14_2018_8_52_53.jpg
नेपाली पैसा 
 
काठमाडौं : मेगा बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा १ अर्ब २१ करोड ४२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । नाफा गत वर्षको भन्दा १३१.३३% ले धेरै हो । गत वर्ष मेगाले यसै अवधिमा ५२ करोड ४९ लाख ४ हजार मात्र खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म यसको वितरण योग्य नाफा ७६ करोड ७४ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
 
 खुद ब्याज आम्दानी र सञ्चालन नाफा लगायतमा आकर्षक सुधार भएपछि मेगाको खुद नाफा माथि जान सकेको हो । गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी १११.५९% ले बढेर २ अर्ब ७५ करोड २७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यस्तै, यो त्रैमाससम्म सञ्चालन नाफा १ अर्ब ७० करोड ५७ लाख ८५ हजार रुपैयाँ छ । गत वर्षको तुलनामा सञ्चालन नाफा १३०.७३% ले धेरै हो ।
 
मेगाको चुक्ता पुँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार रुपैयाँबाट बढेर १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ पुगेको छ । पुँजी १% ले बढेको हो । तर पुँजीको तुलनामा रिजर्भ कोषमा भने न्यून रकम देखिन्छ । रिजर्भ कोषमा बैंकले १ अर्ब ९४ करोड ९७ लाख ८४ हजार रुपैयाँ मात्र जम्मा गरेको छ ।  बैंकको रिटेन्ड् अर्निङ ७७ करोड २५ लाख १२ हजार रुपैयाँ रहेको छ ।
 
 चैत मसान्तसम्म मेगाले ७५ अर्ब २१ करोड १७ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ५८ करोड ६५ लाख ६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष यसै अवधिसम्म निक्षेप ६३ अर्ब ४९ करोड ८९ लाख ९९ हजार र कर्जा लगानी ५५ अर्ब ५२ करोड ८६ लाख ४२ हजार रुपैयाँ मात्र थियो । 
 
यता, पुँजी वृद्धिको तुलनामा नाफा झन धेरै वृद्धि हुँदा प्रतिसेयर आम्दानी बढेको छ । गत वर्ष ९ रुपैयाँ ५५ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १५ रुपैयाँ ७९ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २० पैसा छ । खराब कर्जा भने ०.४४% ले बढेर १.४२% पुगेको छ । बैंकको बेस रेट १०.२०% छ ।

मेगा बैंकले तेस्रो त्रैमासको रिपोर्ट यहाँबाट हेर्नुहोस् । 

 
 

Post Your Comment