Market Closed

मेरो माइक्रोफाइनान्सको खुद नाफामा बढोत्तरी हुँदा रिलायबलको किन घट्यो ?

11 Nov,2016
  • mero_1_11_11_2016_2_50_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : मेरो माईक्रोफाइनान्स लिमिटेडले यो आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य प्रगति गर्दा रिलायबल माईक्रोफाइनान्सको नाफा भने ओरालो लागेको छ । 
 
मेरोले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड १४ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको भन्दा ५६ लाख सात हजार रुपैयाँले धेरै हो । गत वर्ष यो माईक्रोफाइनान्सले एक करोड ५८ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
 
२० करोड रुपैयाँ चुक्ता पुँजी पुगेको मेरोको जगेडा कोषमा भने ११ करोड ८३ लाख ११ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा यसको जगेडा कोषको रकमलाई ठिकै मान्न सकिन्छ । 
 
चार करोड ९८ लाख १९ हजार रुपैयाँ  खुद ब्याज आम्दानी कमाएको मेरो माइक्रोफाइनान्सको खराब कर्जा भने २.०२ प्रतिशत छ । प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ८४ पैसा हुँदा प्रतिसेयर नेटवर्थ भने एक सय ५९ रुपैयाँ १६ पैसा छ । 
 
 
रिलायबल माइक्रोफाइनान्स
 
यता, रिलायबल माइक्रोफाइनान्सको खुद नाफामा भने गत वर्षको भन्दा कमी आएको छ ।
 
 गत वर्ष रिलायबलले ४३ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको पहिलो त्रैमासमा भने जम्मा ३७ लाख ५४ हजार रुपैयाँ मात्र नाफा कमाउन सफल भएको छ । 
 
यो नाफा रकम गत वर्षको भन्दा पाँच लाख ९४ हजार रुपैयाँले कमी हो । चुक्ता पुँजी पाँच करोड ६५ लाख रुपैयाँ रहेको रिलायबलको खुद ब्याज आम्दानी भने बढेको छ । 
 
गत वर्ष एक करोड चार लाख ७० हजार खुद ब्याज आम्दानी हुँदा यो वर्ष बढेर एक करोड ३२ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।  
 
त्यस्तै, बैंकको जगेडा कोषमा पनि एक करोड भन्दा बढीले बृद्धि भएर दुई करोड ५४ लाख ८५ हजार रुपैयाँ पुगेको छ । चुुक्ता पुँजीको आधारमा रिलायबलको जगेडा कोषलाई ठीकै मान्न सकिन्छ । 
 
गत वर्ष शून्य प्रतिशत खराब कर्जा रहेको रिलायबलको यो पटक भने बढेर १.४६ प्रतिशत भएको छ ।
 
प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५८ पैसा रहेको रिलायबलको एक सय ४५ रुपैयाँ ११ पैसा प्रतिसेयर नेटवर्थ छ । 

Post Your Comment