Market Closed

मञ्जुश्री फाइनान्सियल इन्ष्टिच्युशन लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, २२ भदौ २०७३)

07 Sep,2016
  • manjushree_financial_institution_resize_9_7_2016_11_55_18.jpg

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद २ गुणा बढेको छ । कम्पनीको गत पुसमा भएको साधारणसभाले पारित गरेको ११ दशमलव ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । कम्पनीले १० दशमलव ५६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती चित्र : कम्पनीको अन्तिम २ व्यापार दिनमा हरामी बियरिश आकृति बनेको छ । यसले कम्पनीको शेयरमूल्य प्याटर्न बियरिशमा रिभर्स हुने सङ्केत गर्दछ । यसको विश्वसनीयता भने न्यून रहेको छ ।

आरएसआई : न्युट्रल जोन (५३ दशमलव ४४ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ ।

स्ट्याण्डर्ड डेभिएशन : ६ दशमलब ७५ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै  गएका छन् ।  हालको शेयरमूल्य सातदिने रेखा, २१ दिने रेखा र ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ३ सय ९२ मा टेवा पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा २ गुणा बढेर रू. ३ करोड ३० लाख पुगेको छ । खुद ब्याज आम्दानी ७९ प्रतिशत र सञ्चालन नाफा २ गुणा बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा ६ दशमलव ७४ प्रतिशतबाट बढेर १३ दशमलव १९ प्रतिशत पुगेको छ ।

- ब्याज आम्दानी ३१ दशमलव ७७ प्रतिशत बढेर रू. २६ करोड ४३ लाख र बयाज खर्च ११ दशमलव २२ प्रतिशत बढेर रू. १५ करोड ५७ लाख पुगेको छ ।

- कर्मचारी खर्च १८ दशमलव ५६ प्रतिशत, अन्य सञ्चालन खर्च २३ प्रतिशत र कुल सञ्चालन नाफा ५६ दशमलव ३७ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति ११ दशमलव ७७ प्रतिशत घटेर रू. १ करोड १४ लाखमा सीमित भएको छ भने अन्य सम्पत्ति करीब ५० प्रतिशत बढेको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ६० दशमलव ३४ प्रतिशत बढाएर रू. ३ करोड ५१ लाख  पुर्‍याएको छ ।

- पूँजीकोष लागत ७ दशमलव ११ प्रतिशत र पूँजीकोष पर्याप्तता १३ प्रतिशत रहेको छ ।

- सीडी रेशियो ७५ दशमलव ८७ प्रतिशत र निष्क्रिय कर्जा ३ दशमलव ५७ प्रतिशत रहेको छ ।

Post Your Comment