महालक्ष्मी विकास बैंकका सिइओ रमेशकुमार भट्टराईले दिए राजीनामा

04 Sep,2017
  • ramesh_9_4_2017_5_31_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले राजीनामा दिएका छन् । उनले कात्तिक १ गतेदेखि लागू हुने गरी राजीनामा गरेका हुन् । २ वटा मर्जर सफलतापूर्वक सम्पन्न गरेर महालक्ष्मीलाई १ नम्बरको विकास बैंक बनाउन सफल भएको पनि उनले दाबी गरेका छन् । समान तहको यति विकास बैंकसँगको मर्जपछि अझै स्वतन्त्र र सक्षम व्यक्ति सीइओमा नियुक्तिका लागि आफूले बाटो खोलिदिएको उनले फेसबुक स्टाटसमा लेखेका छन् । तत्कालीन यति विकास बैंकसँग मर्ज सम्पन्न गरेर राजीनामा दिएका हुन् । नेपाल बैंकबाट बैंकिङ करियर सुरु गरेका भट्टराई साविकको महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्सुरेन्सको कार्यकारी प्रमुख हुँदै फेरि महालक्ष्मीमै आएका  थिए । 
 
 
 
 
 

Post Your Comment