Market Closed

खुद ब्याज आम्दानी ४६.८४% ले बढ्दा पनि महालक्ष्मीको नाफा १४.९२% ले घट्नुमा के छ कारण ?

09 Nov,2017
  • report_11_9_2017_5_20_26.jpg
नेपाली पैसा
 
काठमाडौं : महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्षको (२०७४।७५) पहिलो त्रैमासमा खुद नाफा १४.९२ प्रतिशतले घटेर ५ करोड ६३ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष खुद नाफा ६ करोड ६२ लाख २८ हजार रुपैयाँ थियो । बैंकले १७ करोड २७ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा खुद ब्याज आम्दानी ४६.८४ प्रतिशतले बढी हो । बैंक यस अवधिमा २ करोड ५४ लाख ८९ हजार रुपैयाँ घाटामा गएको छ । कर्मचारी खर्च झन्डै तेब्बरले बढेपछि खुद ब्याज आम्दानी बढे पनि समग्र नाफा घट्न गएको हो । सञ्चालन घाटा हुनुको कारण पनि यही हो । गत वर्ष खुद ब्याज आम्दानी ११ करोड ७६ लाख ३८ हजार रुपैयाँ थियो । बैंकले २५ अर्ब १४ करोड ३० लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको तुलनामा महालक्ष्मीको निक्षेप संकलन १३२.३१ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले १० अर्ब ८२ करोड ४४ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरेको हो । यता, कर्जा लगानी पनि १२०.५६ प्रतिशतले वृद्धि भएर २० अर्ब १२ करोड  ५० लाख ९५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ९ अर्ब १२ करोड ४१ लख ४८ हजार रुपैयाँ कर्जा लगानी थियो । बैंकको रिजर्भ कोषमा १ अर्ब ९ करोड ८२ लाख ३१ हजार रुपैयाँ छ । महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब ३८ करोड ६२ लाख ३३ हजार रुपैयाँ चुक्ता पुँजी थियो । यति डेभलपमेन्ट बैंकसँग मर्ज भएपछि महालक्ष्मीको चुक्ता पुँजी अघिल्लो त्रैमासमै २ अर्ब माथि पुगेको हो । महालक्ष्मीको सञ्चालन मुनाफा २ करोड ४५ लाख ८९ हजार रुपैयाँ नोक्सानमा छ । बैंकको खराब कर्जा ३.५५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ८ रुपैयाँ ५६ पैसा छ । प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ७० पैसा छ ।
 
 
 
 

Post Your Comment