महालक्ष्मी विकास बैंकले दिने भयो ९ प्रतिशत नगद लाभांश, कति छ चुक्ता पुँजी ?

14 Jan,2018
  • Mahalaxmi-bikas-ba_1_14_2018_2_26_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको पुस २८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा  ५ करोड ६३ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ छ । गत वर्ष १ अर्ब ३८ करोड ६२ लाख ३३ हजार रुपैयाँ चुक्ता पुँजी थियो । यति डेभलपमेन्ट बैंकसँग मर्ज भएपछि महालक्ष्मीको चुक्ता पुँजी बढेको हो । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ८ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ७० पैसा रहेको छ ।
 
 
 

Post Your Comment