महालक्ष्मीले ९% नगद लाभांश पारित गर्न वैशाख २१ बोलायो एजीएम, बुक क्लोज कहिले ?

11 Apr,2018
  • Mahalaxmi-bikas-bank-Ltd_1_4_11_2018_11_50_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा वैशाख २१ गते हुने भएको छ । महालक्ष्मीले गत वर्षको कमाईबाट ९% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । नगद लाभांशका लागि महालक्ष्मीले २३ करोड ७० लाख ४१ हजार ७७० रुपैयाँ खर्च गर्नेछ । अन्य बैंक तथा वित्तीय संस्था महालक्ष्मीमा गाभिने अवस्था आएमा त्यससम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने एजेन्डा पनि बैंकले साधारण सभामा लैजानेछ ।

साधारण सभा अल इन वन मार्ट, क्राउन ब्यांक्वेट मिनभवन काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरणहरु पारित गर्ने प्रस्ताव छ । बैंकको सेयर स्वामित्व, अध्यक्ष तथा सञ्चालकको कार्यकाल, बैठक भत्ता वृद्धि गर्ने लगायतका कामको लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ । 

सभा प्रयोजनका लागि महालक्ष्मीले बैशाख ७ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने छ । वैशाख ६ गतेसम्म मात्र कायम सेयरधनीले मात्र नगद लाभांश पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ छ । बैंकले यही पुँजीबाट नगद लाभांश वितरण गर्न लागेको हो । 
 
महालक्ष्मीले यसअघि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन यति डेभलपमेन्ट लाई मर्ज गरेको थियो । दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यस बैंकले २० करोड ५४ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६० पैसा (वार्षिक) रहेको महालक्ष्मीको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा छ । 
 

Post Your Comment