Market Closed

महालक्ष्मीको ९% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर, वैशाख २१ मा एजीएम

19 Apr,2018
  • Mahalaxmi-bikas-bank-Ltd_1__4_19_2018_10_20_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : महालक्ष्मी विकास बैंकको ९% नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । वैशाख २१ मा हुने साधारण सभा प्रयोजनका लागि बैंकले शुक्रबार (वैशाख ७ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । बिहीबारसम्म मात्र कायम सेयरधनी नगद लाभांशको हकदारी हुनेछन् । नगद लाभांश वितरण गर्न महालक्ष्मीले २३ करोड ७० लाख ४१ हजार ७७० रुपैयाँ खर्च गर्नेछ ।

साधारण सभा अल इन वन मार्ट, क्राउन ब्यांकेट, मिनभवन काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । महालक्ष्मीमा अन्य बैंक तथा वित्तीय संस्था गाभ्नुपर्ने अवस्था आएमा त्यस सम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान, हिसाब लगायतका विवरणहरु पारित गर्ने प्रस्ताव छ ।

बैंकको सेयर स्वामित्व, अध्यक्ष तथा सञ्चालकको कार्यकाल, बैठक भत्ता वृद्धि गर्ने लगायत कामका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ छ ।

बैंकले यही पुँजीबाट नगद लाभांश वितरण गर्न लागेको हो । महालक्ष्मीले यसअघि नै राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन यति डेभलपमेन्ट लाई मर्ज गरेको थियो । दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् ।
 

Post Your Comment