महालक्ष्मीले ९५.२९% ले बढायो खुद ब्याज आम्दानी, राइट ब्याक पनि राम्रो

29 Apr,2018
  • Mahalaxmi-bikas-bank-Ltd_1_4_29_2018_5_18_58.jpg
नेपाली पैसा 
 
काठमाडौं :  महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३३ करोड ६९ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ५५.१५% ले बढी हो  । गत वर्ष यस बैंकले २१ करोड ७१ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद नाफा बढाउनमा राइट र ब्याज आम्दानीको भूमिका अधिक देखिन्छ । महालक्ष्मीले ३८ करोड २३ लाख १० हजार रुपैयाँ राइट ब्याक गरेको हो ।

सम्भावित जोखिमका लागि पनि ३० करोड ५९ लाख ३७ हजार रुपैयाँ छुट्याइएको छ ।  खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि बैंकले राम्रो फड्को मारेको छ । महालक्ष्मीले गत वर्षको तुलनामा ९५.२९% ले खुद ब्याज आम्दानी बढाएर ७१ करोड ८९ लाख १३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ३६ करोड ८१ लाख २३ हजार रुपैयाँ मात्र  खुद ब्याज आम्दानी भएको थियो । 
 
बैंक ५८.४०% ले सञ्चालन नाफा पनि बढाउन सफल भएको छ । गत वर्ष १० करोड ७९ लाख ६३ हजार रुपैयाँ मात्र सञ्चालन नाफा भएकामा यो त्रैमासमा १७ करोड १० लाख १५ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ रहेको महालक्ष्मीको रिजर्भ कोषमा १ अर्ब १९ करोड १४ लाख ६४ हजार छ ।

गत वर्ष चुक्ता पुँजी १ अर्ब ३८ करोड ६२ लाख ३३ हजार रुपैयाँ र रिजर्भ कोषमा २२ करोड ६२ लाख ९८ हजार रुपैयाँ थियो । राष्ट्र बैंकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन महालक्ष्मी र यति डेभलपमेन्ट १ः१ स्वाप रेसियोमा मर्ज भएका थिए । 
 
महालक्ष्मीले निक्षेप संकलन र कर्जा लगानीमा पनि रकम बढाएको छ । निक्षेप संकलन पनि १२ अर्ब ३० करोड रुपैयाँबाट बढाएर २५ अर्ब ११ करोड ११ लाख ५१ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । कर्जा लगानी पनि १० अर्ब ४१ करोडबाट बढाएर २१ अर्ब ६४ करोड ७१ लख २२ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा भने ३.८३% बाट बढेर ३.९७% हुन पुगेको छ । 
 
प्रतिसेयर आम्दानीमा ३ रुपैयाँ ८३ पैसाको गिरावट आएको छ । गत वर्ष २० रुपैयाँ ८९ पैसा (वार्षिक) रहेको महालक्ष्मीको प्रतिसेयर आम्दानी यो त्रैमासमा १७ रुपैयाँ ०६ पैसामा खुम्चिएको छ । प्रतिसेयर नेटवर्थ भने ११६ रुपैयाँ ३२ पैसाबाट बढेर १४५ रुपैयाँ २४ पैसा छ । 

Post Your Comment