आइएमई जनरल र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

21 Feb,2019
  • photo_(6)_2_21_2019_2_33_54.jpg
नेपाली पैसा
 
काठमाडौं : आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापश्चात मुक्तिनाथका ग्राहकहरुले नेपालभर रहेका शाखामार्फत आइएमई जनरलको इन्सुरेन्स सेवा पाउन सक्नेछन् ।
 
सम्झौतापत्रमा इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरेका छन् । बैंकसँग सम्झौतापछि आफ्नो बिमा सेवा अझै सहज र चुस्त बनाउन हौसला मिलेको सीइओ बादेले बताएका छन् । 
 
यस्तै, आइएमई जनरलसँग अन्य सेवाहरुमा पनि सम्झौता गर्दै जाने बैंकका सीइओ पोखरेलले बताए ।

Post Your Comment