Market Closed

मुक्तिनाथको २१.०५% र नेरुडेको २०.६८% लाभांश पाउन सेयर किन्ने आज अन्तिम मौका

21 Dec,2017
  • Book_close_12_21_2017_11_52_21.jpg
नेपाली पैसा
 
काठमाडौं : मुक्तिनाथ विकास बैंकको २१.०५% लभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । बैंकले पुस १९ गते बस्ने साधारण सभामा २०% बोनस सेयर र कर तिर्न १.०५% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसका लागि बैंकले शुक्रबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउने हुँदा बिहीबार नै बैंकको सेयरधनी बनिसक्नुपर्नेछ । मुक्तिनाथले यसअघि बिक्री गरेको ४०% हकप्रदपछि कायम हुने चुक्ता पुँजीबाट २०% बोनस र १.०५% नगद लाभांश दिन लागेको हो । बैंकले भदौ ४ देखि असोज ८ गतेसम्म १०ः४ अनुपातमा ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
 
यता, नेरुडे लघुवित्तले पनि १३% बोनस सेयर र ७.६८% नगद लाभांश दिने प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । यसका लागि बैंकले आइतबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । शुक्रबार र शनिबार सेयर बजार बन्द हुने हुँदा नेरुडेको लाभांश पाउन पनि बिहीबार नै सेयर किनिसक्नुपर्नेछ । हाल नेरुडेको चुक्ता पुँजी ३० करोड ६० लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४१ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ३३ पैसा छ ।

Post Your Comment