Market Closed

मुक्तिनाथ विकास बैंकसहित ४ कम्पनीको ७३ लाख ७७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत

21 Mar,2018
  • Listing_3_21_2018_4_10_26.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार ४ कम्पनीको कुल ७३ लाख ७७ हजार ३४२.३३ कित्ता सेयर सूचीकृत भएको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २ लाख ८४ हजार ५९८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गएको कात्तिक १० गतेको साधारण सभाबाट पारित ६% बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
 
यसैगरी, वोमी माइक्रोफाइनान्सको २०% र मुक्तिनाथ विकास बैंकको पनि २०% नै बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन् । वोमीको १ लाख २९ हजार ६०० कित्ता र मुक्तिनाथको ४३ लाख १९ हजार ६०५.५३ कित्ता सेयर सूचीकृत भएको हो । नेपाल कम्युनिटीको भने १२०% हकप्रद बराबरको २६ लाख ४३ हजार ५३८.८० कित्ता सेयर सूचीकृत भएको हो ।
 

Post Your Comment