Market Closed

मुक्तिनाथ विकास बैङ्क : कम्पनी विश्लेषण (आइतवार, २ असोज २०७३)

18 Sep,2016
  • muktinath_bikas_resize_9_18_2016_1_12_03.jpg

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा ६४ दशमलव ८९ प्रतिशत बढेको छ । जगेडा कोष ३ गुणा बढेर रू. ५० करोड ३३ लाख पुगेको छ । बैङ्कको साधारणसभाले पारित गरेको ३१ प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : कम्पनीको शेयरमूल्यबारे लगानीकर्ताहरू अन्योलमा रहेको देखिन्छ । अन्तिम दिनमा पनि लामो टुपी र सानो पुच्छर भएको सेतो मैनबत्ती बनेको छ ।

आरएसआई : ओभरबट जोन (८९ दशमलव ५८ स्केल)मा छ । खरीद चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन ः ९ दशमलव ७० विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य सातदिने औसत मूल्य रेखा र ट्रेण्डलाइन एकै ठाउँमा आउमा छन्  । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ४ सय  ८८ मा टेवा पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा ;
- बैङ्कको चौथो त्रैमासमा नाफा ६४ दशमलव ८९ प्रतिशत बढेर रू. ३५ करोड ८८ लाख पुगेको छ । खुद ब्याज आम्दानी ४२ प्रतिशत र सञ्चालन नाफा ६१ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा करीब २६ प्रतिशतबाट बढेर ४२ दशमलव ८० प्रतिशत पुगेको छ ।

- ब्याज आम्दानी ४० दशमलव ४८ प्रतिशत बढेर रू. १ अर्ब १७ करोड र ब्याज खर्च करिब ३८ प्रतिशत बढेर रू. ४८ करोड ३९ लाख  पुगेको छ ।

- कर्मचारी खर्च १२ प्रतिशत, अन्य सञ्चालन खर्च ४२ दशमलव ५४ प्रतिशत र कुल सञ्चालन नाफा ४४ दशमलव ३१ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति ३ गुणा र अन्य सम्पत्ति ११ प्रतिशत बढेको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ५ प्रतिशत बढाएर रू. ३ करोड १० लाख पु¥याएको छ ।

- पूँजीकोष लागत ५ प्रतिशत र पूँजीकोष पर्याप्तता १२ प्रतिशत रहेको छ ।

- गत आवमा रहेको रू. ७२ लाख ७३ हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात साढे २३ गुणा, प्रतिशेयर आम्दानी रू. ३० दशमलव ५३ र मूल्य आम्दानी अनुपात साढे ३० गुणा छ । सो आम्दानी र शेयरको पछिल्लो कारोबार मूल्यको आधारमा निकालिएको पीई रेशिया साढे ३७ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको १० गुणा छ ।

Post Your Comment