Market Closed

मुक्तिनाथको हकप्रद असोज २१ देखि खुल्ने, मुक्तिनाथ र एनआइबीएलमा पाइन्छ फारम

20 Sep,2016
  • muktinat_1_9_20_2016_11_38_15.jpg
नेपाली पैसा 
काठमाडौं : मुक्तिनाथ विकास बैंकको हकप्रद सेयर असोज २१ गतेदेखि निष्कासन खुला हुने भएको छ । 
 
बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । एक सय रूपैयाँ अंकित मूल्यका ४१ लाख ९२ हजार एक सय ६३.७५ कित्ता हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद कात्तिक २५ सम्म तोकिएको छ । 
 
राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार चुक्ता पुँजी पुर्याउन बैंकले हकप्रदको बाटो रोजेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गर्नेछ । 
 
मुक्तिनाथको हाल चुक्ता पुँजी ८३ करोड ८४ लाख ३२ हजार सात सय ५० रूपैयाँ छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी एक अर्ब २५ करोड ७६ लाख ४९ हजार एक सय २५ रूपैयाँ पुग्नेछ । 
 
भदौ २९ गतेसम्म कायम सेयरधनीले यो हकप्रद सेयर भर्न पाउनेछन् । बैंकको अधिकृत पुँजी दुई अर्ब ५० करोड अनि जारी पुँजी एक अर्ब २५ करोड रूपैयाँ छ । 
 
पोखरामा केन्द्रीय कार्यालय रहेको मुक्तिनाथ विकास बैंकको सेयरमा लगानीकर्ताको आकर्षण रहँदै आएको छ ।

लगानीकर्ताले हकप्रद सेयरको आवेदन फारम एनआइबीएल क्यापिटल लिमिटेड, लाजिम्पाट र मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालयसहित सबै शाखा कार्यालयमा पाउनेछन् । 

Post Your Comment