Market Closed

मुक्तिनाथको हकप्रद भयो बाँडफाँट, हकभन्दा बढी आवेदन दिनेको पैसा मंसिर ३० देखि फिर्ता

12 Dec,2016
  • muktinath_12_12_2016_10_58_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : मुक्तिनाथ विकास बैंकको हकप्रद सेयर बाँडफाँट गरिएको छ । 
 
बैंकले गत असोज २१ देखि कात्तिक २५ गतेसम्म एक सय रूपैयाँ अंकित मूल्यको ४१ करोड ९२ लाख एक सय ६३.७५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । 
 
त्यतिबेला आवेदन दिने १३ हजार चार सय ७१ जना सेयरधनीलाई ४० लाख ७८ हजार पाँच सय तीन कित्ता हकप्रद साधारण सेयर शनिबार बाँडफाँट गरिएको हो । 
 
आफूले पाउनेभन्दा बढी संख्यामा सेयर आवेदन दिने लगानीकर्ताको पैसा मंसिर ३० गतेदेखि फिर्ता दिन थालिने बैंकले जानकारी दिएको छ । हकप्रद सेयर आवेदन दिएकै केन्द्रबाट पैसा फिर्ता लिन सकिनेछ । 
 
मुक्तिनाथको हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गरेको थियो । 
 

Post Your Comment