मुक्तिनाथको यसरी आयो एक लाख १३ हजार कित्ता सेयर लिलामीमा, माघ १९ सम्म भर्ने समय

10 Jan,2017
  • Auction-7_1_10_2017_12_20_43.jpg
नेपाली पैसा
 
काठमाडौं : मुक्तिनाथ विकास बैंकले एक लाख १३ हजार ६६०.७५ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले एक लाख तीन हजार १६७.२५ कित्ता सेयर सर्वसाधारण समूह र १० हजार ४९३.५ कित्ता संथापक समूहको सेयर लिलालीमा बिक्री गर्न लागेको हो । यो सेयरमा माघ १२ गतेदेखि आवेदन खुला हुनेछ । 
 
लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ मूल्य तोकी त्यसभन्दा बढी दरभाउ तोकेर आवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा बोलपत्र पेस गर्ने अन्तिम दिन माघ १९ गतेसम्म तोकिएको छ । हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर मुक्तिनाथले लिलामीमा बिक्री गर्न लागेको हो । 
 
यसअघि बैंकले असोज २१ देखि काक्तिक २५ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । मुक्तिनाथ विकास बैंक, पृथ्विचोक पोखरा तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौबाट आवेदन फारम लिन र बुझाउन सकिनेछ । बोलपत्र माघ २१ गते दिउसो ३ बजे एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौमा खोलिनेछ ।