मुक्तिनाथले पायो २०% हकप्रद बिक्री अनुमति, अब कति पुग्छ चुक्ता पुँजी ?

16 Jul,2019
  • Muktinath-bikas-bank-ltd_7_19_2018_12_12_34.jpg
नेपाली पैसा
 
काठमाडौं : मुक्तिनाथ विकास बैंकले २०% हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १ः०.२ अनुपातमा ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

बैंकले कुल ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गर्नेछ ।
 
मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६० करोड २० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । २०% हकप्रद जारी गरेपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

Post Your Comment