Market Closed

चार कम्पनीले गरे साधारण सभा घोषणा, लक्ष्मी, गुहेश्वरी, मनास्लु र समिटले के–के दिंदैछन ?

18 Dec,2016
  • agm_12_18_2016_11_06_37.jpg
नेपाली पैसा
 
काठमाडौं : लाभांश घोषणा गरेका कम्पनीहरूले यति बेला धमाधम साधारण सभा गरिरहेका छन् । 
 
कम्पनीले साधारण सभामार्फत लाभांश प्रस्तावलाई अनुमोदन, हकप्रद वा एफपीओको प्रस्ताव पास गराउनेलगायतका काम गर्छन् ।
 
 यहीक्रममा लक्ष्मी लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, मनास्लु विकास बैंक र समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले एक साथ साधरण सभाको घोषणा गरेका छन् । 
 
लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको पुस २२ गते पाँचौ वार्षिक साधारण सभा हुने भएको छ । 
 
साधारण सभामा लक्ष्मी लघुवित्तले ११ करोड रुपैयाँ चुक्ता पुँजीको २१.०५ प्रतिशत लगद लाभांश दिने प्रस्ताव लैजाँदै छ । 
 
यसका लागि लक्ष्मीले दुई करोड ३१ लाख ५७ हजार आठ सय ९५ रुपैयाँ छुट्याएको छ ।
अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजे साधारण सभा सुरु हुनेछ । सभा प्रयोजनका लागि लक्ष्मीले पुस १४ देखि पुस २२ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने छ । 
 
यसैगरी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको पुस २२ गते नै पन्धौं वार्षिक साधारण सभा हुने भएको छ । 
 
साधारण सभामा गुहेश्वरीले १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदै छ । यसअघि बिक्री गरिएको ५० प्रतिशत हकप्रद सेयरका लगानीकर्ताले समेत बोनस सेयर पाउनेछन् । 
 
गुहेश्वरीले अन्य कुनै बैंक तथा वित्तीय संस्थासंँग एक आपसमा मर्जर हुने सम्बन्धमा पनि प्रस्ताव लैजाने भएको छ ।  
 
गुहेश्वरी भवन, हरिहर भवन, पुल्चोक ललितपुरमा बिहान ११ बजे साधारण सभा सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गतेदेखि २२ गतेसम्म सेयर धनी किताब बन्द गर्नेछ । 
 
यसैगरी, मनास्लु विकास बैक लिमिटेडको पुस २३ गते छैठौं वार्षिक साधारण सभा हुने भएको छ । 
बैंकले यसपटक १८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सेयरधनीसमक्ष पेस गर्दैछ । बैंकले तीन करोड ३० लाख ३५ हजार तीन सय १० रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो । 
 
त्यस्तै बैंकले अधिकृत पुँजी ३० करोड बाट बढाएर ५० करोड पु¥याउने प्रस्ताव पेस गर्नेछ । बैंकले ५० प्रतिशत हकप्रद सेयरसमेत जारी गरिसकेको छ । 
 
गोरखाको होटल गोरखा बिसौनी प्रालिमा बिहान ११ बजे सभा सुरु हुनेछ । सभामा मनास्लु बिकास बैक र ओम डेभलोपमेन्ट बैंकबीच एक आपसमा मर्ज हुने सम्बन्धमा अन्तिम हस्ताक्षर गर्ने प्रस्ताव साधारण सभामा पेस हुनेछ । 
 
समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको पुस २५ गते आठौं वार्षिक साधारण सभा हुने भएको छ ।
 
मनास्लुले ४५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्दैछ । यस अनुसार समिटले बोनस दुई करोड २५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिनेछ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी बढ्नेछ । 
 
यसैगरी, बैंकले बोनस सेयर जारी गरेपछि कायम हुने चुक्ता पुँजीमा १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि लैजाँदैछ । 
 
झापाको विर्तामोड नगरपालिकास्थित अग्रसेन भवन मा बिहान ८.३० बजे सभा सुरु हुनेछ । 
सभा प्रयोजनका लागि समिटले पुस ८ गते देखि पुुस २५ गतेसम्म सेयर धनी किताब बन्द गर्नेछ ।
 

Post Your Comment