Market Closed

महुली सामुदायिक लघुवित्तको ५०% हकप्रद सेयरमा कहिले हुँदैछ बुक क्लोज ?

08 Nov,2018
  • mahuli_8_21__1__5_8_2018_4_58_46.jpg
नेपाली पैसा
 
काठमाडौं : महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर सुरक्षित गर्ने कात्तिक २७ गते अन्तिम दिन हो । महुलीले ५०% हकप्रदका लागि कात्तिक २८ गते बुक क्लोज गर्दैछ । यस आधारमा लगानीकर्तालाई महुलीको नयाँ सेयरधनी बनेर ५०% हकप्रद सेयर सुरक्षित गर्न अब ३ कार्य दिनमात्र समय बाँकी छ । अब आइतबार मात्र नेप्से खुल्नेछ । हकप्रद सरक्षित गर्न मंगलबार (कात्तिक २७ गते) भित्र सेयरधनी बनिसक्नुपर्नेछ । किन भने बुक क्लोज भन्दा अघिल्लो दिन सम्म कायम सेयरधनीले मात्र हकप्रद दाबी गर्न सक्नेछन् । 
 
महुली सामुदायिक लघुवित्तलाई ५०% हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिइएको छ । महुलीले २ः१ अनुपातमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । यस हकप्रदमा सनराइज  क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । अबको केही समयपछि महुलीले हकप्रद सम्बन्धी विवरणपत्र सार्वजनिक गर्नेछ । 
 
हाल यस कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा महुलीले १ करोड ४७ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६३ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३५१ रुपैयाँ १९ पैसा छ ।

Post Your Comment