Market Closed

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (आइतवार, १९ असार २०७३)

03 Jul,2016
  • mahila_sayatra_7_3_2016_2_38_50.png


२०७२/७३ आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैङ्कको खुद नाफा रू. ५६ लाख ९३ हजार पुगेको छ । गत आवमा रहेको रू. ३० लाख ६९ हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्यूट्रल जोन (६० स्केल)मा छ । खरीद विक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : ५३ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्य रेखा र ७ दिने औसत मूल्य रेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य ७ दिने औसत मूल्य रेखा, २१ दिने औसत मूल्य रेखा र ट्रेण्ड लाइनभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ७ सय ३० मा टेवा र मूल्य महँगिएमा रू. १ हजार ८ सय २५ मा प्रतिरोध पाउने देखिन्छ ।