Market Closed

महिला सहयात्राको साधारण सभा पुस १६ मा, १० प्रतिशत बोनस सेयर प्रस्ताव

09 Dec,2016
  • mahila_sahayatra_microfinance_resize_12_9_2016_11_41_34.png
 नेपाली पैसा
 
काठमाडौं : महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको चौंथो वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ । 
 
साधारण सभामा महिला सहयात्राले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाँदैछ । 
 
केन्द्रीय कार्यलय मकवानपुरको चित्लाङमा दिउसो १ बजेबाट सुरु हुने साधारण सभामा महिलाले बोनसमा लाग्ने कर प्रयोजनका ०.५२६ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव पेस गर्नेछ । 
 
यसका लागि पाँच लाख ७८ हजार नौ सय ४७ रुपैयाँ छुट्याइनेछ । साधारण सभामा कम्पनीको जारी पुँजी र चुक्ता पुँजी वृद्धिका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधनको प्रस्ताव पनि पेस  हुँदैछ ।  
 
साधारण सभाका लागि महिला सहयात्राले मंसिर २९ देखि पुस १६ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ । 

Post Your Comment