मिथिलाको १५% बोनस, बोनसपछि ५०% हकप्रद, पुस २९ मा एजीएम गर्न बुक क्लोज कहिले ?

04 Dec,2017
  • Mithila-laghubitta-bikas-bank-L_12_4_2017_11_22_11.jpg
नेपाली पैसा
 
काठमाडौं : मिथिला लघुवित्त विकास बैंकले १५% बोनस सेयर र ०.७८% नगद लाभांश दिने भएको छ । बैंकले बोनस दिइसकेपछि कायम हुने चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने पनि जानकारी दिएको छ । मिथिलाले बोनस र हकप्रद प्रस्ताव पुस २९ गते बस्ने वार्षिक साधारण सभामा पेस गर्नेछ । यसका लागि पुस १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज हुँदैछ । पुस १३ गतेभित्र सेयरधनी बनेका लगानीकर्ताले मात्र मिथिलाको बोनस र नगद लाभांश पाउनेछन् । सभा होटल वेलकमको सभा हल जनकपुरधाम ३, धनुषामा बिहान ११ बजेदेखि सुरु हुनेछ । हाल मिथिलाको चुक्ता पुँजी ५ करोड ७३ लाख ७२ हजार १२० रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ३६ पैसा छ ।
 
 
 
 

Post Your Comment