महिला सहयात्राको ५% नगद लाभांश बैंक खातामा नआएको भए अब यसो गर्नुहोस्

13 Mar,2018
  • mahila_sahayatra_microfinance_r_3_13_2018_2_17_09.png
नेपाली पैसा 
 
काठमाडौं : महिला सहयात्रा माइक्रोफाइनान्सले बैंक खातामा लाभांश पठाउन नसकिएका लगानीकर्तालाई सिद्धार्थ क्यापिटलबाटै लाभांश दिने भएको छ । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका लगानीकर्तालाई माघ २९ गते नै ५% नगद लाभांश खातामा जम्मा गरिदिइसकेको छ । तर खाता अद्यावधिक नगरेका वा अन्य कारणले लाभांश बैंक खातामा जम्मा हुन नसकेका लगानीकर्तालाई अब बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलबाटै नगद लाभांशको पूर्जा वितरण गर्न लागेको हो । 
 
अब बुधबार (फागुन ३० गते) देखि ५% लाभांश वितरण गर्न थालिनेछ । भौतिक रुपमा सेयर भएका सेयरधनीलाई फागुन ३० देखि चैत २ गतेसम्म लाभांश वितरण गरिनेछ । त्यसपछि  सेयर डिम्याट गरेकाहरुलाई बाँडिनेछ । डिम्याट सेयर भएकालाई चैत ४ गतेदेखि चैत ८ गतेभित्र लाभांश वितरण गरिनेछ ।

आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि दिउसो १ बजेसम्म लाभांश वितरण गरिनेछ । सेयरधनीले लाभांश लिन जाँदा आफ्नो परिचयपत्र खुल्ने कुनै कागजपत्र बोक्नुपर्नेछ । सेयरधनी आफै उपस्थित हुन नसकेमा मञ्जुरीनामा पाउनेलाई सेयरधनी प्रमाणपत्रको प्रतिलिपि दिनुपर्नेछ ।

मञ्जुरीनामा पाउनेको परिचयपत्र पनि चाहिनेछ ।सेयर धितो राखेकाहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतपत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । महिला सहयात्राको पुस २८ गते सम्पन्न सभाले गत वर्षको कमाईबाट ५% नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । 
 
 
 
 
 
 
 
 

Post Your Comment