Market Closed

महिला सहयात्रा लगानी विस्तारमा आक्रामक बन्दा खुद नाफामा देखियो २३९.९९% सुधार

11 Feb,2019
  • mahila_sahayatra_microfinance_r_3_13_2018_2_17_09.png
नेपाली पैसा
 
काठमाडौं : महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा १ करोड २५ लाख ४९ हजार खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा २३९.९९% ले बढी हो । गत वर्ष कम्पनीले ३६ लाख ९१ मात्र खुद नाफा कमाएको थियो ।
 
कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढाएको छ । खुद ब्याज आम्दानी ४१.२०% ले बढाएर ३ करोड ६७ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले २ करोड ६० लाख १ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा ३८२.६४% ले बढेर १ करोड ५१ लाख २ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ३१ लाख २९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
 
गत वर्ष १० करोड ७० लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले यस वर्ष २३ करोड ५ लाख ६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको तुलनामा कर्जा प्रवाह पनि बढाएको छ । कर्जा प्रवाह ५९ करोड ९१ लाख ४६ हजार रुपैयाँबाट बढाएर १ खर्ब २ करोड ४२ लाख २३ हजार रुपैयाँ पुर्याएको छ । खराब कर्जा घटेर २.३३% मा आएको छ । गत वर्ष खराब कर्जा २.९४% रहेको थियो ।
 
महिलाको पुस मसान्तसम्म १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी पुगेको छ । जगेडा कोष २०.४५% ले बढाएर २ करोड ३१ लाख ५१ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष जगेडा कोषमा १ करोड ९२ लाख २० हजार रुपैयाँ राखेको थियो । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ रहेको छ ।

यस्तो छ महिला सहयात्राको दोस्रो त्रैमासिक रिपोर्ट ।

Post Your Comment