Market Closed

बंगलादेश बैंक र नबिलबीच के हुँदैछ त मर्ज ? यसरी आयो स्पष्टीकरण

18 Apr,2019
  • Merger-branding-1_4_18_2019_4_26_13.jpg
नेपाली पैसा  
 
काठमाडौं : नेपाल बंगलादेश बैंकले नबिल बैंकसँग मर्जरमा जाने विषयमा कुनै पनि योजना नरहेको स्पष्ट पारेको छ । नबिल बैंकका सीइओ अनिकेशरी शाहको हवाला दिंदै केही सञ्चार माध्यममा मर्जरको हल्ला आएको भन्दै यस्ता भ्रामक हल्लाका पछि नलाग्न समेत बैंकले लगानीकर्तासँग आग्रह गरेको छ । बंगलादेश बैंकका कुनै पनि पदाधिकारीसँग नबिल बैंकका सीइओको मर्जर सम्बन्धी विषयमा कुरा नभएको समेत प्रष्ट पारिएको छ ।

बैंक मर्जर सम्बन्धी छलफल तथा निर्णय बैंककका कर्मचारी स्तरमा नभई सञ्चालक समिति तथा लगानीकर्तासँग हुने बंगलादेश बैंकको भनाई छ । सेयर बजार मूल्यमा प्रभावित पार्ने उद्देश्यले यस्ता प्रचार गर्ने व्यक्ति तथा संस्थालाई कारवाही गर्न समेत बैंकले माग गरेको छ । 
 

Post Your Comment