Market Closed

बैंकहरु प्रतिसेयर आम्दानी र नेटवर्थ बढाउन गर्दैछन् तछाडमछाड, कसको कति ? (सूचीसहित)

30 Apr,2018
  • earning_per_share_new_4_30_2018_7_18_08.jpg
सुरेन्द्र पोखरेल
सोभित थपलिया 
 
काठमाडौं : सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरिसकेका छन् । जसमा अधिकांशको नाफा गत वर्षभन्दा बढेको छ । पुँजी वृद्धिसँगै बैंकहरुले ब्याज आम्दानी, सञ्चालन नाफा र लगानी पनि बढाएका हुन् । तर, यसपटक धेरैको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थमा भने तुलनात्मकरुपमा गिरावट आएको छ ।

पुँजी बढे अनुपातमा अझै अपेक्षा अनुसार नाफा हासिल गर्न बाँकी रहेकाले प्रतिसेयर आम्दानी र नेटवर्थ दबाबमा परेको हो । विस्तारै बैंकहरुले अब यो २ वटा महत्वपूर्ण सूचकमा पनि सुधार गर्दै लैजाने अपेक्षा गर्न सकिन्छ । बैंकहरुको प्रगति सूचकमा प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई निकै महत्वपूर्ण मानिन्छ ।

लगानीकर्ताले सेयर कारोबार गर्दा थुप्रै सूचकांक मध्ये यी २ सूचकलाई पनि राम्रै ख्याल गरेका हुन्छन् । यसै सन्दर्भमा हामीले गत वर्षको तेस्रो त्रैमास र चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ कस्तो रहेको छ भनेर तुलनात्मकरुपमा प्रस्तुत गरेका छौं । 
 
                                             प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ कसको कति



 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेप्सेमा सुचिकृत २७ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नविल बैंकको ४६ रुपैयाँ ८३ पैसा प्रतिसेयर आम्दानी देखिएको छ । तर, यो गत वर्ष भन्दा ११ रुपैयाँ ३९ पैसा थोरै हो । गत वर्ष नबिलको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ २२ पैसा थियो । यस्तै, नेपाल बैंकको प्रतिसेयर आम्दानी पनि यस त्रैमाससम्म आइपुग्दा ४२ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

गत वर्षको तुलनामा २ रुपैयाँ ४ पैसाले थोरै हो । गत वर्ष तेस्रो त्रैमासमा ४४ रुपैयाँ ९७ पैसा थियो । एनआईसी एसियाको पनि २६ रुपैयाँ ६ पैसाबाट १५ रुपैयाँ ४० पैसामा झरेको छ । यस्तै एभरेष्ट बैंकको पनि ४४ रुपैयाँ ९५ पैसाबाट घटेर २९ रुपैयाँ ९६ पैसामा आइपुगेको छ । 
 
यता, केही बैंकहरुको भने प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा केही सुधार भएको छ । जसमध्ये एसीसीको १० रुपैयाँ ६३ पैसाबाट बढेर १५ रुपैयाँ ४८ पैसा पुगेको छ । सिभिलको पनि ४ रुपैयाँ ५२ पैसाबाट बढेर ८ रुपैयाँ ९१ पैसा पुगेको छ । अन्य कतिपयको मध्यमस्तरको देखिएको छ । 
 
गत वर्षको तेस्रो त्रैमासको तुलनामा नेपाल बैंक, एनसीसी, मेगा, सिभिल, कुमारी, प्रभु, एनएमबि, बैंक अफ काठमान्डू र प्राइम कमर्सियल बैंकले प्रतिसेयर नेटवर्थ बढाएका छन् । जसमा सबैभन्दा धेरै नेपाल बैंकको ३७ रुपैयाँ २५ पैसाले  बढेको छ । गत वर्ष १३७ रुपैयाँ ०६ पैसा रहेको नेपाल बैंकको प्रतिसेयर नेटवर्थ यो त्रैमाससम्म आइपुग्दा १७४ रुपैयाँ ३१ पैसा भएको छ । 
 
त्यस्तै, एक वर्षको अवधिमा लक्ष्मी बैंकको सबैभन्दा बढी ११० रुपैयाँ ६८ पैसाको गिरावट आएको छ । गत वर्ष २३७ रपैयाँ ०६ पैसा रहेको प्रतिसेयर नेटवर्थ यो त्रैमाससम्म आइपुग्दा १२६ रुपैयाँ ३८ पैसा मात्र छ । अन्य कतिपय बैंकहरुको पनि नेटवर्थ घटेको देखिन्छ ।

तर, छोटो समयमा भारीमात्रामा पुँजी वृद्धि गर्नुपर्दा तत्कालका लागि बैंकले प्रतिसेयर आम्दानी र नेटवर्थमा दबाब खेप्नुपरे पनि विस्तारै सुधार हुँदै जाने क्रममा देखिएको छ । बैंकहरुका अन्य महत्वपूर्ण सूचकहरु सुधार हुँदै गएकाले निकै आशावादी हुने अवस्था छ । 
 

Post Your Comment