Market Closed

नबिल बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (मङ्गलवार, २१ वैशाख २०७३)

03 May,2016
  • nabil123_5_3_2016_1_08_31.jpg


बैङ्कको २०७२/७३ आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार नाफा २६ दशमलव ७१ प्रतिशत बढेर रू. २ अर्ब ५ करोड पुगेको छ । बैङ्कले गत पुसमा भएको साधारणसभाले पारत गरेको ३० प्रतिशत बोनस शेयर र ६ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभर बट जोन (८४ दशमलव ४१ स्केल)मा छ । खरीद चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन : २२ दशमलव ८७ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्य रेखा र ७ दिने औसत मूल्य रेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखा, ट्रेण्ड लाइन र ७ दिने औसत मूल्य रेखाभन्दा माथि छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. २ हजार २ सय ६० मा टेवा पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा
- बैङ्कको तेस्रो त्रैमासमा नाफा २६ दशमलव ७१ प्रतिशत बढेर रू. २ अर्ब ५ करोड पुगेको छ । सञ्चालन नाफा २१ दशमलव २८ प्रतिशत र खुद ब्याज आम्दानी १३ दशमलव ८१ प्रतिशत बढ्नाले र गत आवमा रहेको रू. ११ करोड ३१ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल हुनाले खुद नाफा बढेको हो ।

- ब्याज आम्दानी ४ दशमलव ६६ प्रतिशत बढेर रू. ४ अर्ब ४७ करोड पुगेको छ भने ब्याज खर्च १० दशमलव ५१ प्रतिशत घटेर रू. १ अर्ब ४४ करोडमा सीमित भएको छ ।
 
- चुक्ता पूँजीको तुलनामा खुद नाफा ४४ दशमलव २८ प्रतिशतबाट घटेर ४३ प्रतिशतमा सीमित भएको छ ।

- जगेडा कोष २१ दशमलव ६५ प्रतिशत र लगानी दुई गुणा बढेको छ ।

- कर्मचारी खर्च १९ दशमलव ९५ प्रतिशत र कुल सञ्चालन आम्दानी १२ दशमलव ५४ प्रतिशत बढेको छ भने अन्य सञ्चालन खर्च ३ दशमलव ३३ प्रतिशत घटेको छ ।

- बैङ्कको वैदेशिक मुद्राको विनिमयबाट भएको आम्दानी २२ दशमलव ३८ प्रतिशत बढेर रू. ४२ करोड ५० लाख पुगेको छ ।

- बैङ्कको स्थिर सम्पत्ति ३ दशमलव ६६ प्रतिशत घटेको छ भने अन्य सम्पत्ति २९ दशमलव ८० प्रतिशत बढेको छ ।

- बैङ्कले सम्भावित जोखीमवापतको व्यवस्थामा रकम ९७ दशमलव ८४ प्रतिशतले घटाएको छ ।

- पूँजीकोष लागत २ दशमलव २३ प्रतिशत र पूँजीकोष पर्याप्तता १३ प्रतिशत रहेको छ ।

- बैङ्कको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो ३६ गुणा र प्रतिशेयर नेटवर्थ रू. २ सय ४३ छ । हालको शेयर मूल्य नेटवर्थको साढे ९ गुणा रहेको छ ।

Post Your Comment