Market Closed

सशिन जोशीले छाडे नबिल बैंक, फागुन ५ गतेदेखि लागू हुने

05 Dec,2017
  • Sashin-Joshi_12_5_2017_11_30_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : नविल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले पदबाट राजीनामा गरेका छन् । जोशीको राजीनामा बैंकको सञ्चालक समितिले  स्वीकृत पनि गरिसकेको छ । बैंकले १८ गते नै सीइओ जोशीको राजीनामा स्वीकृत गरेको जानकारी नेप्सेलाई मंगलबार पठाएको छ । जोशीको राजीनामा आगामी फागुन ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो । एनआइसी एसिया बैंकमा प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर उनी नबिलमा आएका थिए । जोशीसँग बैकिङ क्षेत्रमा लामो अनुभव छ । केही दिन अघिदेखि नै जोशीले नबिल बैंक छाड्दैछन भन्ने हल्ला चले पनि यसबारे उनले कुनै पनि औपचारिक प्रतिक्रिया दिएका थिएनन । तर नबिल बैंकले मंगलबार नेपाल स्टक एक्सचेन्जमार्फत उनले राजीनामा दिएको औपचारिक जानकारी गराएको छ । उनले २०७२ असार १३ गतेबाट नविलको कमाण्ड सम्हालेका थिए । यसआधारमा उनको पदावधि अझै लामो समय बाँकी थियो । यसैगरी, बैंकले एनबि इन्टरनेसनको तर्फबाट नयाँ सञ्चालकमा उपेन्द्र प्रसाद पौड्याललाई नियुक्त गरेको छ । यसअघि सञ्चालकमा कृष्ण प्रसाद शर्मा थिए ।
 
 
 
 
 
 
 
 

Post Your Comment