Market Closed

अनिलकेशरी शाह भए नबिलको सीइओ, बिहीबारदेखि नै जिम्मेवारी सुरु

22 Jun,2018
  • anil_k_6_22_2018_11_32_16.jpg
नेपाली पैसा
 
काठमाडौं : नबिल बैंकले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नियुक्त गरेको छ । नबिलको बिहीबार बसेको सञ्चालक समिति बैठकले शाहलाई सोही दिनदेखि लागू हुनेगरी सीइओको जिम्मेवारी दिएको हो । यसअघि शाह नबिलको डेपुटी सीइओ थिए । 
 
यसअघि मेगा बैंक छोडेर सेञ्चुरी बैंकसँग जोडिने सहमति गरेका शाहले पारिश्रमिकमा कुरा नमिलेपछि फेरि नबिल बैंकसँग सम्झौता गरेका थिए । तर सोही समयमा नेपाल राष्ट्र बैंकले सीइओहरुलाई ६ महिनाको कुलिङ पिरियड लागू गरेपछि शाह डेपुटी सीइओ भएर काम गर्न बाध्य भए ।

Post Your Comment