Market Closed

नाडेप लघुवित्तको १००% हकप्रद खुलिरहेको छ, भर्न अब कति बाँकी छ समय ?

11 Jan,2019
  • nsdep_11_26_2018_11_20_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद भर्न अब २ दिन मात्र समय बाँकी छ । यो हकप्रदमा आइतबार (पुस २९ गते) सम्म आवेदन दिन पाइनेछ । नाडेपले मंसिर २३ गतेदेखि १००% हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः१ अनुपातमा १६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । मंसिर ६ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन्।
 
लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं तथा नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।
 
यसअघि नाडेपले गत असार १० गतेदेखि १३ गतेसम्म ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुगेको थियो । कम्पनीले यही पुँजीबाट १००% हकप्रद बिक्री गर्न लागेको हो । 
 
यता, कम्पनीले गत वर्षको कमाइबाट ३०% बोनस सेयर दिने घोषणा पनि गरेको छ । हाल कायम १६ करोड रुपैयाँ चुक्ता पुँजीबाट ३०% बोनस दिने निर्णय गरिएको हो । बोनस सेयरमा कम्पनीले ४ करोड ८० लाख रुपैयाँ खर्च गर्दैछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न २५ लाख २६ हजार ३१५.७९ रुपैयाँ नगद लाभांश पनि दिने नाडेपले जनाएको छ । 
 
हकप्रद र बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ३६ करोड ८० लाख पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ३९ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७७ पैसा छ । 
 

Post Your Comment