Market Closed

राइट ब्याकका कारण नेपाल एग्रोको नाफा १२३.४३% बढ्यो

24 Jan,2021
  • 1_6_11_2019_11_08_43.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२३.४३% ले खुद नाफा वृद्धि गरेको छ । पुस मसान्तसम्ममा १ करोड ४३ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो त्रैमाससम्ममा ३ करोड १ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । तर प्रोभिजनमा ६ करोड ८९ लाख ८६ हजार रुपैयाँ छुट्याउँदा ४ करोड ८० लाख ६८ हजार रुपैयाँ सञ्चालन नोक्सान ब्यहोरेको छ । कम्पनीलाई सञ्चालन नाफा घटेपनि राइट ब्याक रकमले साथ दिएपछि खुद नाफामा सुधार भएको हो । 
 
दोस्रो त्रैमासको अन्त्यसम्ममा ७ करोड ५ लाख ९१ हजार रुपैयाँ राइट ब्याक गरेको छ । यसले कम्पनीको खुद नाफा पनि उकासेको छ । नेपाल एग्रोले २८ करोड ६७ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ करोड ३९ लाख ३२ हजार कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार रुपैयाँ छ । यो कम्पनी नेष्डो समृद्ध लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।

रिजर्भ कोषमा ३ करोड ७७ लाख ८५ हजार रुपैयाँ छ । गत वर्ष रिजर्भमा १ करोड ५८ लाख १० हजार रुपैयाँ मात्र थियो । नेपाल एग्रोको खराब कर्जा बढेको छ । गत वर्ष १.३३% रहेको खराब कर्जा अहिले १.९०% पुगेको छ । कस्ट अफ फन्ड भने १०.४९% बाट घटेर ५.७३% मा आएको छ । यस कम्पनीको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६ पैसा छ । 

Post Your Comment