Market Closed

बंगलादेश बैंकले बाजी मार्यो, खुद नाफा एक अर्ब १९ करोडमाथि

01 Aug,2016
  • nbb_8_1_2016_12_16_44.jpg
नेपाली पैसा 
काठमाडौं : नेपाल बंगलादेश बैंकले नाफामा यसपटक बाजी मारेको छ । 
 
बैंकले आर्थिक वर्ष २०७२–७३ मा एक अर्ब १९ करोड ८२ लाख ९८ हजार रूपैयाँ खुद नाफा गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
 
बंगलादेशले अघिल्लो आर्थिक वर्षमा भन्दा नाफा ३८ करोड ४३ लाख २१ हजार रूपैयाँ बढाएको हो । अघिल्लो वर्ष बैंकको नाफा जम्मा ८१ करोड ३९ लाख ७७ हजार रूपैयाँमात्र थियो । 
 
यो तथ्यांकसहित बंगलादेश बैंक पनि पहिलो पटक अर्बपतिको समूहमा प्रवेश गरेको छ । अहिलेसम्म वासलत सार्वजनिक गरेका सबै वाणिज्य बैंक अर्बपति सूचीमा गइसकेका छन् । 
यो बैंकको खुद ब्याज आम्दानीमा भारी बढोत्तरी भएको छ । निक्षेपमा अत्यन्त न्यून ब्याजदर हुनुको फाइदा बैंकहरूले मज्जाले उठाएको देखिन्छ । 
 
बैंकले एक अर्ब ४६ करोड २३ लाख ६० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । 
अघिल्लो वर्ष बैंकको ब्याज आम्दानी जम्मा एक अर्ब नौ करोड दुई लाख ३६ हजार रूपैयाँमात्र थियो । 
 
राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी आठ अर्ब पुर्याउन बैंकले हकप्रद, बोनस, मर्ज तथा एक्वायरका सबै विकल्प खुला गरेको छ । ८० प्रतिशत हकप्रदको प्रस्ताव पनि सार्वजनिक भइसकेको छ । 
 
हाल बैंकको चुक्ता पुँजी तीन अर्ब तीन करोड ९२ लाख ११ हजार रूपैयाँ छ । रिजर्भ कोषमा तीन अर्ब पाँच करोड १३ लाख १० हजार रूपैयाँ जम्मा भइसकेको छ । 
 
बैंकले व्यापार बढाउन निक्षेप संकलन र कर्जा प्रवाहलाई पनि द्रुत ढंगले अघि बढाएको छ । यसअवधिमा निक्षेप ३९ अर्ब ८७ करोड ४२ लाख ३४ हजार र कर्जा प्रवाह ३२ अर्ब ५२ करोड ८३ लाख २५ हजार रूपैयाँ पुगेको छ । 
 
 बैंकको खराब कर्जा ०.७१ प्रतिशत, कोषको लागत ३.९५ प्रतिशत, इक्विटीमा प्रतिफल १९.६७ प्रतिशत रहेको छ । 
 
यसैगरी, बैंकले सार्वजनिक गरेको अपरिस्कृत वासलत अनुसार प्रतिसेयर आम्दानी ३९ रूपैयाँ देखाइएको छ भने प्रतिसेयर नेटवर्थ दुई सय रूपैयाँ पुगेको छ । 
 
 

Post Your Comment