Market Closed

नागबेलीको खुद नाफा ७०.८७% घट्यो अनि खराब कर्जा पनि बढेर ३.२९% पुग्यो

14 Nov,2017
  • Nagbeli-laghubitta-bikas_11_14_2017_10_33_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : नागबेली लघुवित्त विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ लाख ५२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा ७०.८७% ले थोरै हो । गत वर्ष नागबेलीले ८७ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि २९.८६% ले घटेर १ करोड २७ लाख ८३ हजार रुपैयाँमा झरेको छ । गत वर्ष नागबेलीले १ करोड ८२ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप १२ करोडबाट बढाएर १८ करोड ६९ लाख ४९ हजार रुपैयाँ पुर्याएको नागबेलीले ६२ करोड ४ लाख ५७ हजार रुपैयाँ कर्जामा प्रवाह गरेको छ । चुक्ता पुँजी ५ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको कम्पनीको रिजर्भमा भने ६ करोड ६३ लाख ३० हजार रुपैयाँ छ । गत वर्ष कम्पनीको चुक्ता पुँजी २ करोड ५० लाख रुपैयाँ मात्र थियो । नागबेलीले यसअघि नै गत वर्षको कमाईबाट ४५.६% बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको यो प्रस्तावलाई भने आगामी साधारण सभाले पारित गर्नुपर्नेछ । चुक्ता पुँजी बढाउनकै लागि कम्पनीले १००% हकप्रद ल्याउने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ । नागबेलीको खराब कर्जा भने बढेर ३.२९% हुन पुगेको छ । गत वर्ष खराब कर्जा १.७१% मात्र थियो । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा (बार्षिक) रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५५ रुपैयाँ देखिन्छ । 
 
 
 

Post Your Comment