नागबेलीको ४५.६०% बोनसपछि १००% हकप्रद, मंसिर २५ मा एजीएम बुक क्लोज कहिले ?

15 Nov,2017
  • Nagbeli-laghubitta-bikas_11_15_2017_11_37_20.jpg
 नेपाली पैसा 
 
काठमाडौं : नागबेली लघुवित्त विकास बैंकको आठौं वार्षिक साधारण सभा मंसिर २५ गते हुने भएको छ । सभामा नागबेलीले ४५.६०% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेस गर्दैछ । बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट फेरि १००% हकप्रद निष्कासन गर्ने अर्को विशेष प्रस्ताव पनि साधारण सभामा पेस गरिने भएको छ । कम्पनीले सातौं वार्षिक साधारण सभाबाटै हकप्रद जारी गर्ने निर्णय गरेको भए पनि विविध कारणले हकप्रद जारी गर्न नसकेपछि अब फेरि ४५.६०% बोनसपछि कायम हुने पुँजीबाट हकप्रद ल्याउने निर्णय भएको कम्पनीले जनाएको छ । सभा सिपि होटल एण्ड पार्टी प्यालेस, बिर्तामोड झापामा बिहान ११.३० देखि  सुरु हुनेछ । सभामा कम्पनीले अधिकृत पुँजी ४० करोड रुपैयाँ पुर्याउने र नाम परिमार्जन गरी नागवेली लघुवित्त वित्तीय संस्था कायम गर्ने हुँदा सोही बमोजिम् प्रबन्धपत्र तथा नियमावलिमा संसोधन गर्ने प्रस्ताव पनि पेश गर्दैछ । त्यस्तै संस्थाको कार्यक्षेत्र १० जिल्ला भएको हुँदा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलि संसोधन गर्ने र कार्यकारी प्रमुख वा प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सेवा सुविधा बृद्धि गर्ने हुँदा सोही बमोजिम् नियमावलिमा संसोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ ।

सभा प्रयोजनको लागि कम्पनीले मंसिर १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्नेछ । यसआधारमा मंसिर १२ गतेसम्म कायम सेयरधनीले मात्र बोनस सेयर पाउन सक्नेछन् । यसअधि कायम सेयरधनी भने स्वतः यसको हकदार हुनेछन् । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको छ ।  कम्पनीको रिजर्भमा भने ६ करोड ६३ लाख ३० हजार रुपैयाँ छ । नागबेलीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा (बार्षिक) रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५५ रुपैयाँ छ । 
 
 
 

Post Your Comment