Market Closed

नागबेलीको ४८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, ४५.६०% बोनसपछि १००% हकप्रद

28 Nov,2017
  • Nagbeli-laghubitta-bikas_11_28_2017_10_42_22.jpg
नेपाली पैसा
 
काठमाडौं : नागबेली लघुवित्त विकास बैंकको ४८% लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । नागबेलीले मंसिर २५ गते हुने वार्षिक साधारण सभामा ४५.६% बोनस सेयर र कर तिर्न २.४% नगद लाभांश गरी कुल ४८% लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसका लागि कम्पनीले बुधबारदेखि बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । यसआधारमा, नयाँ लगानीकर्ताले पनि लाभांश सुरक्षित मंगलार नै नागबेलीको सेयर किनेर सेयरधनी बनिसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वतः लाभांश पाउनेछन् । साभामा बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट १००% हकप्रद निष्कासन गर्ने अर्को विशेष प्रस्ताव पनि पेस गरिने भएको छ । यसअघिको वार्षिक साधारण सभाबाटै हकप्रद जारी गर्ने निर्णय गरेको भए पनि विविध कारणले हकप्रद जारी गर्न नसकेपछि अब फेरि ४५.६०% बोनसपछि कायम हुने पुँजीबाट हकप्रद ल्याउने निर्णय भएको कम्पनीले जनाएको छ । कम्पनीले नाम परिवर्तन गरी ‘नागबेली लघुवित्त वित्तीय संस्था’ राख्ने प्रस्ताव पनि सभामा लैजानेछ । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भमा भने ६ करोड ६३ लाख ३० हजार रुपैयाँ छ । नागबेलीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३९ पैसा (वार्षिक) रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५५ रुपैयाँ छ ।
 
 
 

Post Your Comment