नागबेली लघुवित्त १००% हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

11 Feb,2018
  • Nagbeli-laghubitta-bikas-bank-Ltd_2_11_2018_11_49_27.jpg
नेपाली पैसा
 
काठमाडौं : नागबेली लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । नागबेलीले १ः१ अनुपातमा ७ लाख ६६ हजार ४६३.१५ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । नागबेलीले गत मंसिर १५ मा भएको वार्षिक साधारण सभाबाट ४५.६०% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । बोनसपछि कम्पनीको चुक्ता पुँजी ७ करोड ६६ लाख रुपैयाँ भन्दा बढी भएको छ । कम्पनीले यही बोनस सेयरपछि कायम हुने पुँजीको १००% हकप्रद जारी गर्न लागेको हो । हकप्रदपछि भने चुक्ता पुँजी १५ करोड ३२ लाख रुपैयाँ भन्दा धेरै हुनेछ ।

Post Your Comment