Market Closed

नागबेली लघुवित्तको १००% हकप्रद अनुमोदन, अब कति पुग्ने भयो चुक्ता पुँजी ?

25 May,2018
  • Nagbeli-laghubitta-bikas-ban_5_25_2018_10_03_09.jpg
नेपाली पैसा 
 
काठमाडौं : नागबेली लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर स्वीकृत भएको छ । धितोपत्र बोर्डले नागबेलीलाई पुँजी वृद्धि गर्न शतप्रतिशत हकप्रद ल्याउन अनुमति दिएको हो । यसअघि यो कम्पनीले १ः१ अनुपातमा ७ लाख ६६ हजार ४६३.१५ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको थियो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

नागबेलीले गत मंसिर १५ मा भएको वार्षिक साधारण सभाबाट ४५.६०५ बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । बोनसपछि कम्पनीको चुक्ता पुँजी ७ करोड ६६ लाख रुपैयाँ भन्दा बढी भएको छ ।

कम्पनीले यही बोनस सेयरपछि कायम पुँजीको १००% हकप्रद जारी गर्न लागेको हो । हकप्रदपछि चुक्ता पुँजी १५ करोड ३२ लाख रुपैयाँ भन्दा धेरै हुनेछ ।

Post Your Comment