Market Closed

म्युचुअल फन्डहरुले किन थुपारे बैंकमा पैसा ? (तथ्यांक सहित)

02 Nov,2018
  • mutual_new_img_11_2_2018_8_17_06.jpeg
नेपाली पैसा 
 
काठमाडौं : म्युचुअल फन्डहरुले बैंकमा मौज्दात (डिपोटिजमा राख्ने) बढाउन थालेका छन् । असोज महिनामा अधिकांश म्युचुअल फन्डहरुले बैंक मौज्दात वृद्धि गरेका हुन् । हाल सञ्चालनमा रहेका १३ मध्ये ८ वटा म्युचुअल फन्डको बैंक मौज्दात भदौको तुलनामा बढेको छ । सेयर बजार सुस्त हुँदा म्युचुअल फन्डहरु बैंक मौज्दाततर्फ लागेको देखिन्छ । 
 
यता, असोज सम्मको अवस्था हेर्दा १३ वटा फन्डमध्ये ७ वटाको सूचीकृत सेयरमा लगानी घटेको छ । यस्तै, असोज महिनामा २ वटा फन्डको मात्र प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । सिटिजन्स म्युचुअल फन्ड–१ र सिद्धार्थ इक्विटी फन्डको मात्र न्याभ बढेको हो । अन्य सबैको यस महिनामा न्याभ तल झरेको छ । 


 
पछिल्लो समयमा पुँजी बजार केही दबाबमा छ । ब्याजदर नघटेका कारण लगानीकर्ताले अपेक्षा गरे अनुसार बजार माथि जान सकिरहेको छैन । बजार घटेको समयमा फन्डहरुले सेयरमा लगानी बढाउनपर्ने विश्लेषकहरुको धारणा छ । यसबाट बियरिस बजारलाई रोक्न केही हदसम्म सघाउ पुग्ने हुन्छ । तर म्युचुअल फन्डहरु बढी जसो बैंक ब्याजदरमै रमाउनेक्रम अहिले पनि बढ्दो अवस्थामा छ ।

सरकारले पुँजी बजारको विकास गर्न भनेरै म्युचुलअ फन्डहरुलाई कर लगायतका सुविधा दिएको छ । आइपीओ तथा एफपीओमा समेत उनीहरुले आरक्षण पाउने गरेका छन् । तर घटेका बेला लगानी गरेर सेयर बजार सुधार्न भूमिका निर्वाह गर्नुपर्ने म्युचुलअ फन्डहरु भने बजार जता गयो त्यति पछिपछि लाग्ने गरेका छन् । बजार बढ्दा लगानी गर्ने अनि घट्दा बाहिर निष्किने गरेका छन् । यसबाट म्युचुअल फन्डहरुको भूमिकामै प्रश्न चिन्ह लाग्ने अवस्था उत्पन्न भएको लगानीकर्ताहरुले बताउँदै आएका छन् । 
 

Post Your Comment