Market Closed

शेयरधनीलाई शेयर अभौतिकरण गर्न एनबिको आवहान

02 Jun,2016
  • nb_insurance_6_2_2016_1_29_21.png
 
जेठ २० , काठमाडौ । एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई शेयर डिम्याट गर्न आवहान गरेको छ । पूर्ण डिम्याट भएको शेयर मात्र कारोबार हुने व्यवस्था भइसकेकोले यस्तो आवहान गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमइ क्यापिटलबाट समेत शेयर डिम्याट गर्न सकिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । 
कम्पनीले कारोबार गर्न पर्याप्त शेयर डिम्याट भएका कारोबार खोल्न नेप्से, धितोपत्र बोर्ड तथा बीमा समितिमा निवेदन दिने भएको छ । नियामकहरुले कारोबार खुला गरेपनि कारोबार गर्न पयाप्त शेयर डिम्याट नभएमा कारोबार रोक्का नै रहने गरेको छ । कम्पनी अनुसार चुक्तापूँजीको कम्तिमा ५ देखि १५ प्रतिशत शेयर डिम्याट भएमा मात्र कारोबारको लागि पर्याप्त मानिने गरिएको छ ।  
  
 

Post Your Comment